हेटौंडामा लघुवित्तिय संस्था विरुद्ध धर्ना (फोटो फिचर)

पालिका डायरी
१६ फाल्गुन २०७९

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा लघु वित्तय संस्थाको मनोमानी विरुद्ध दबाबमुलक कार्यक्रम गर्दै धर्ना दिएका छन्।

मंगलबार हेटौंडामा पीडित महिलाहरु भेला भएर दबाबमूलक कार्यक्रम गरेका हुन्। लघु वित्तय पीडित संघर्ष समितिद्धारा आयोजित दबाबमुलक कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट हेटौंडामा भेला भएका हुन्।


पीडित महिलाहरुले लघु वित्तय संस्था खारेज गर, महिला मार्न पाइँदैन लघु वित्तय संस्था चाहिँदैन, किस्ता बहिस्कार गरौँ, सामूहिक ऋण मिनाहा गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर, समाजवादी अर्थतन्त्रको विकास गर जस्ता नारा लगाएर पीडितहरुले सडकमा र्याली गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना दिन पुगेका हुन्।

उनीहरुले आफ्नो माग पूरा हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा अगाडी नारावाजी गर्दै धर्ना दिएका हुन्।

प्रतिक्रिया