पीएनजीले दियाे नेपाललाई २ सय ४ रनकाे लक्ष्य

पालिका डायरी
१५ फाल्गुन २०७९, १५:२६

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पीएनजीले नेपाललाई २ सय ४ रनकाे लक्ष्य दिएकाे छ ।

दुबईमा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ‌ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायाे । उसका आसाद भाला र चाद साेपरले समान ३६ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै साेमपाल कामी, करण केसी र प्रतिस जिसीले १/१ विकेट लिए ।

प्रतिक्रिया