सेवाग्राहीमैत्री बन्दै स्थानीय प्रशासन

पालिका डायरी
१५ फाल्गुन २०७९
सेवाग्राहीमैत्री बन्दै स्थानीय प्रशासन

कार्यालय हाताभित्रै पर्याप्त फर्निचरसहितको आकर्षक प्रतीक्षालय, रंगीन टेलिभिजन, फ्रि वाइफाई र सेवाग्राहीको मोबाइल चार्ज गर्ने व्यवस्था । छेउमै खानेपानीसहित शौचालय गएर आएपछि हातधुने साबुनपानी ।

गाउँबाट नागरिकता, राहदानी, कागजात सच्याउनेलगायत सेवाका लागि जिल्ला प्रशासन कार्यालय आउने सेवाग्राही सेवाग्राही सन्तुष्ट भएर फर्किन्छन् । जिल्ला प्रशासन कार्यालयले कुन सेवाग्राहीको काम कतिबेला सकिन्छ भनेर सुरुमै जानकारी दिने गरेको छ ।

‘बस्ने, आराम गर्ने, टीभी हेर्ने, नेट चलाउने सबै सुविधा रहेछन्,’ हराएको नागरिकताको प्रतिलिपि लिन आएका खाडाचक्र–३ का भक्तबहादुर शाहीले भने, ‘एक घण्टामै काम सकियो ।’ नरहरिनाथ–३ कुमालगाउँबाट राहदानीका लागि निवेदन दिन आएकी रजनी बिष्टले प्रशासन कार्यालयमा मोबाइल चार्ज गर्न गर्ने, टीभी हेर्ने, इन्टरनेट चलाउनेलगायत सुविधा भएपछि समय बितेको पत्तै नभएको बताइन् । ‘कुनै बेला गेटमै प्रहरीले के काम छ ? किन जाने ? भनेर अनेक प्रश्न गरेर केही समय रोक्थे,’ उनले भने, ‘कर्मचारीको व्यवहार पनि नागरिकमैत्री रहेछ ।’

जिल्लाको शान्ति सुरक्षा, विपद् व्यवस्थापन, नागरिकता, राहदानी, अख्तियार दुरुपयोग अनुसन्धानलगायत अर्धन्यायिक निकायको रूपमा काम गर्ने जिल्ला प्रशासनलाई सेवाग्राहीमैत्री बनाउन तत्कालीन प्रजिअ रामहरि शर्माले गरेको व्यवस्थापन प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले पनि निरन्तरता दिएका हुन् । कार्यालयको व्यवस्थापन मा पुरानो परम्परा फेरिएको नागरिक समाजका अगुवा दमनराज बमले बताए ।

प्रतिक्रिया
kalikot jilla prasasan