प्रचण्डले बाम एकता र सहकार्य चाहेनन्: एमाले नेता गुरूङ्ग
नेकपा एमालेका पाेलिटव्यूराे सदस्य तथा मिसन ग्रासरूट अभियान हेटाैँडा उपमहानगरपालिकाका केन्द्रीय प्रतिनिधि पार्वत गुरूङ्गले सत्ता परिर्वतनकाे काेर्षबाट आठ दलीय गठबन्धनले मुलुकलाई विदेशीकाे क्रिडास्थल बनाउने, असफल बनाउने र वर्वादीकाे तर्फ लैजाने बताएका छन् ।
उनले नेकपा एमालेकाे हेटाैँडा उपमहानगरपालिकाकाे बैठकलाई सम्बाेधन गर्दै आठ दलीय गठबन्धन पश्चात् बामपन्थीहरूकाे सहकार्य र एकता प्रचण्डले नचाहेकाे प्रष्ट भएकाे बताउँदै मुलुककाे बाम आन्दाेलन बलियाे बनाउन नेकपा एमाले बलियाे हुनुकाे विकल्प नभएकाे बताउनु भयाे । उहाँले पार्टी केन्द्रबाट सञ्चालित मिसन ग्रासरूट अभियानले पार्टी सुदृढ र विस्तार हुने, सिंगाे पार्टी पंक्ति संगठनकाे काम र जनसेवामा परिचालित हुनेमा जाेड दिनुभयाे ।
उपमहानगर कमिटीकाे साताै पूर्ण बैठकले पार्टी केन्द्र, प्रदेश र जिल्ला कमिटीकाे निर्देशनसहित अभियान सफल पार्न वडा पार्टी कमिटी र जनसंगठनकाे नगर कमिटीकाे बैठक तत्काल बस्ने, वडा र टाेलसम्म अभियान कार्यान्वयन गर्ने निर्णय गरेकाे उपमहानगरपालिका कमिटीका सचिव बाेलबहादुर कार्कीले बताउनु भयाे ।
कमिटीका अध्यक्ष शालिकराम पुडासैनीकाे अध्यक्षता भएकाे बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भारती पाठक, जिल्ला अध्यक्ष तथा श्रम, राेजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देलसहित प्रदेश तथा जिल्ला कमिटीका सदस्यहरूकाे आथित्यता रहेकाे थियाे ।