लोकतान्त्रिक तामाङ संघको केन्द्रिय उपमहासचीवमा सुनिल मुक्तान

पालिका डायरी
१४ फाल्गुन २०७९
लोकतान्त्रिक तामाङ संघ केन्द्रिय कार्यसमितिको उपमहासचीवमा सुनिल मुक्तान निर्वाचित

हेटौंडा / नेकपा एमाले निकट लोकतान्त्रीक तामाङ संघको दोस्रो राष्ट्रिय सम्मेलन शनिबार काठमाण्डौंमा सम्पन्न भएको छ ।

संघको दोस्रो सम्मेलनले पुनः दोस्रो कार्यकालको लागि दावा दोर्जे लामाको अध्यक्षतामा १५१ सदस्यीय लोकतान्त्रिक तामाङ संघको नयाँ केन्द्रिय कमिटी चयन गरिएको छ । लोकतान्त्रिक तामाङ संघको नयाँ केन्द्रिय कार्यसमितिमा मकवानपुरबाट उपमहासचीवमा नेकपा एमाले मकवानपुर जिल्ला सचिवालय सदस्य तथा हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मुक्तान निर्वाचित भएका छ्न् । त्यसैगरी सचिबमा बरिना बल चयन भएकी छिन।

यस्तै सदस्यहरुमा फुर्वा दोर्जे लामा, राम बहादुर गोले, चन्द्र योन्जन, नारायण बल, दिल बहादुर स्याङ्तन र सुशिला मुक्तान निर्वाचित भएका छन् । लोकतान्त्रिक तामाङ संघको दोस्रो सम्मेलनबाट निर्वाचित उपमहासचीव सुनिल मुक्तानले सबै जातजातिको समग्र नेतृत्व गर्दै आएको गौरवशाली पाटी नेकपा एमालेको समृद्ध नेपाल सुखी नेपाली भन्ने मुल नारालाइ आत्मसाथ गर्दै नेकपा एमालेको नीति र सिद्धान्तलाई अङ्गाल्दै सबै तामाङहरुलाइ नेकपा एमालेको निति र बिचारमा गोलबद्द गराउने उदेश्य बोकेर आफू सधै लागिपरिरहेको बताए । उनले आफुले लोकतान्त्रिक तामाङ संघ को उपमाहासचिव जस्तो गरिमामय पदमा निर्वाचित गराउनुहुने सबै पार्टीका नेता तथा कार्यकर्तालाइ धन्यवाद पनि प्रकट गरे । मुक्तानले श्रमजीवी बर्ग र गरिखाने बर्गको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको सोझा तामाङहरुको हकअधिकार सुनिश्चितताको लागि सधै कडिबद्द भएर लाग्ने प्रतिबद्ध व्यक्त गरे ।

मुक्तानले सबै जातजाति भाषभाषीको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएकोले सबै तामाङ दाजुभाइ दिदिबहिनीहरुलाई लोकतान्त्रिक तामाङ संघमा आबद्द हुन पनि आग्रह गरे । लोकतान्त्रिक तामाङ संघको दोस्रो सम्मेलनबाट बागमती प्रदेश आयोजक कमिटीको सदस्यहरुमा रत्न भोलन, जित बहादुर घलान र धन बहादुर योन्जन चयन भएका छन् ।

प्रतिक्रिया