मकवानपुरमा जंगली हात्तिको आक्रमणबाट फेरी एक जना घाइते, जंगल बढ्दै जाँदा बाघ र हात्तिको आतंक

पालिका डायरी
११ फाल्गुन २०७९
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन् । मनहरी गाउँपालिका वडा नं ४ स्थित गोलघरमा केही बेर अघि हात्तीले स्थानीय महिलामाथि आक्रमण गरेको वडाध्यक्ष प्रकाश थापाले पुष्टि गरे । ६० वर्षीय राधादेवी अधिकारी हात्तीको आक्रमणबाट घाइते भएको उनले जानकारी दिए । अधिकारीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल ल्याइएको छ ।

हेटौंडा । मकवानपुरमा फेरी जंगली हात्तिको आक्रमणबाट एक जना घाइते भएका छन् । जंगली हात्तिको आक्रमणबाट हेटौंडा–१८ मानेडाँडामा एकजना पुरुष घाईते भएका छन् । हात्तीले हेटौंडा–१८, मानेडाँडाका बस्ने ३० वर्षीय देव वाईबालाई घाइते बनाएको मकवानपुर प्रहरीले जनाएको छ ।

बुधबार रातिनै बाईबाको घर नजिक पुगेको हात्तीलाई धपाउने क्रममा वाईबालाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बुधबार राति १० बजेर २५ मिनेटको समयमा घर नजिक वनबाट निस्केको जंगली हात्ती धपाउने क्रममा वाईबालाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घाइते वाईबाकोे हेटौंडा अस्पतालमा उपचार भइरहेकोे छ । वाइबाको शरीरमा बाहिरी चोट नदेखिए पनि दुवै खुट्टा र ढाडमा भित्री चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

यहाँका जंगल बढ्दै जाँदा बाघ र हात्तिको आतंक बढ्न थालेको छ । पछील्ला दिनहरुमा मकवानपुरमा जंगली हात्ति र बाघले आतंक बढाउँदा जंगलछेउमा र आरक्ष नजिक घर भएकाहरु त्रसित समेत बनेका छन् । घरमै आइपुगेको हात्तिलाई धपाउन लाग्दा हेटौंडामा एक जना घाइते भएका हुन् ।

पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्ती मनहरी हुदै बुधबार साँझ हेटौंडा–१८ हर्नामाडी आसपासको क्षेत्रमा देखा परेको हो। केही दिन अगाडी जंगली हात्तिको आक्रमणबाट मनहरीकी एक जना महिलाको मृत्यु भएको छ ।

प्रतिक्रिया