हिमालयन फाइनलमा, उपाधिका लागि मनाङसँग भिड्ने

पालिका डायरी
८ फाल्गुन २०७९

हेटौंडा / हिमालयन शेर्पा क्लब हेटौंडामा जारी पाँचौ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता-२०७९ को फाइनलमा प्रवेश गरेको छ ।

आज हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा विदेशी क्लब एभिनियर एफसी क्यामरुनलाई १-० गोल अन्तरले पराजित गर्दै हिमालयन फाइनलमा प्रवेश गरेको हो ।

हिमालयनका लागि सुनिल श्रेष्ठले दोस्रो हाफको ७औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । खेलमा हिमालयनका श्रेष्ठ म्यान आफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

अब हिमालयनले उपाधिका लागि १० फागुनमा मनाङ मर्स्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल खेल बुधबार दिउँसो १ बजे सुरु हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया