५३ किलो लागुऔषध गाँजासहित दुईजना पक्राउ

पालिका डायरी
८ फाल्गुन २०७९, १२:५१
५३ किलो लागुऔषध गाँजासहित दुईजना पक्राउ

चितवन प्रहरीले ५३ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्नुन दर्जी र गाडीमा सवार एक नाबालक छन् ।

चितवनको राप्ती नगरपालिका–१, लोथरस्थित सडकखण्डमा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको बा ३ च २५०४ नम्बरको टाडा डीआई गाडीमा लुकाइछिपाइ ल्याएको लागुऔषध गाँजा फेला परेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया