कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तोकियो

पालिका डायरी
४ पुष २०७९, १५:३६
कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तोकियो

कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिँदा ५१ हजार शुल्क तिर्नुपर्ने भएको छ । मंसिर ६ गते बिहान बिहान ८ देखि १० बजेसम्म हुने निर्वाचनका लागि उम्मेदवारले दरखास्तका साथ ५१ हजार रुपैयाँ दाखिल गर्नुपर्ने निर्वाचन समितिले तय गरेको हो ।

जसअनुसार निर्वाचन प्रक्रिया पुस ४ गतेदेखि सुरु भएर मनोनयन दर्ता पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म दरखास्त दिन सकिनेछ ।कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ । कांग्रेसको संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बन्दा इतर पक्षबाट कोइराला र थापा प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

शेखर– गगनले आफू निकट ठानेका योगेश गौचन, सुरेन्द्र आचार्य, दीपक गिरि र दीपक खड्काले देउवालाई साथ दिने सम्भावना बढेको छ ।

प्रतिक्रिया