स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

पालिका डायरी
७ मंसिर २०७९
accident

दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –९ नयाँबस्ती निवासी शोभाराम विकको १३ महिनाकी छोरी पुष्पा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नारायणपुरबाट विद्यार्थीलाई छोड्न गएको बाल प्रतिभा इंग्लिस बोर्डिङ स्कुलको अनटेष्ट बसको ठक्करबाट बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकालाई ठक्कर दिए लगत्तै भागेका चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया