पहिलो मत परिणामः मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, योगेश विजयी

पालिका डायरी
५ मंसिर २०७९
पहिलो मत परिणामः मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, योगेश विजयी

आइतबार भएको प्रतिनिधि सभा निर्वाचनको पहिलो मत परिणामम आएको छ ।

मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनी मुस्ताङका कांग्रेस जिल्ला सभापति रोमी गौचन थकालीका छोरा हुन् । पूर्वमन्त्रीसमेत रहेका रोमीले यसपटक पनि टिकट आफैंले पाएका थिए । तर, काठमाडौंबाट मुस्ताङ पुगेपछि उनले २९ वर्षका छोरालाई अगाडि सारे । र, उनलाई विजयीसमेत बनाए । योगेशले नेकपा एमालेका उम्मेदवार प्रेम प्रसाद तुलाचनलाई ९१४ मतको अन्तरले हराएका हुन् । योगेशले ३ हजार ९९२ मत पाउँदा तुलाचनले ३०७८ मत पाएका थिए ।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुदेश गुरुङले र राप्रपाका प्रवीण कुमार शेरचनले पनि उम्मेदवारी दिएका थिए । उनीहरुले क्रमशः ८७ र १३ मत पाए ।

प्रतिक्रिया