बाजुरामा गोली चल्दा एक जनाको ज्यान गयो

पालिका डायरी
४ मंसिर २०७९, १७:४४
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

बाजुरामा मतदानका क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो ।

मतपेटिका खोस्न आएपछि झडप भएको उहाँको भनाइ छ । जिल्लाका केही मतदान केन्द्रमा दिनभर अवस्था तनावपूर्ण रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया