३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

पालिका डायरी
४ मंसिर २०७९, १४:००
राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी

प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि भइरहेकाे मतदानमा दिउँसो पौने एक बजेसम्ममा ३२ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर दिउँसो पौने एक बजेसम्म ३२ प्रतिशत मत खसेको जानकारी गराएको हो ।

बिहान चिसो भएका कारण तुलनात्मक रुपमा कम मतदान भएको र दिउँसोपछि मतदान केन्द्रहरुमा मतदाताको उपस्थिति बाक्लो रहेको उहाँले बताउनुभयो ।

प्रवक्ता पौडेलले छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक ढङ्गले मतदान भएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया