मतदान केन्द्रभित्र पटका पड्किँदा मोरङ बुढीगंगाको मतदान स्थगित

पालिका डायरी
४ मंसिर २०७९

मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ ।

बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा बम विस्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विस्फोटको ठुलो आवाज आएको थियो ।

विस्फोटको आवाजसँगै मतदाताबीच भाग दौड मच्चिएको छ । पुनः मतदान सुरु गर्ने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मतदान केन्द्रभित्र कसले पटका लग्यो र पड्कायो भन्ने बारेमा यकिन हुन बाँकी रहेको छ ।’

प्रतिक्रिया