विकास र समृद्धिको गन्तव्य पूरा गर्न एमाले अग्रसर–प्रथम मुख्यमन्त्री पौडेल

पालिका डायरी
२३ कार्तिक २०७९

हेटौंडा / बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमाले देश विकास र समृद्धिको गन्तव्य पूरा गर्न अग्रसर रहेको बताउनुभएको छ। नेकपा एमालेको कार्यभार समृद्ध नेपाल, सुखी नेपाली को जनआकाङ्क्षा सम्बोधन गर्नु रहेको भन्दै मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्ने उहाँको भनाइ थियो । हेटौंडा १० मा आयोजित कार्यक्रममा बोल्दै उहाँले एमाले सरकारमा रहदा बिकास र समृद्धिको लागि एमालेले सदैव अथक प्रयास गर्दै आएको पौडेलले बताउनुभयो ।

नेकपा एमालेले घोषणामा मात्र परिवर्तन हैन जनताको जीवनमा समेत प्रभाव पार्नेगरी काम गर्ने उहाँको भनाई थियो । जनताले देखेका सपनालाई यथार्थतामा बदल्ने सङ्कल्प र प्रतिबद्धता एमालेले गरेको उहाँले जानकारी दिनुभयो । औद्योगिक क्षेत्रको बिकास गर्दै रोजगारीका लागि एमालेले उद्योग स्थापनामा जोड दिएको बताउनुभयो । मत पाउन जनताको मन जित्नुपर्ने पनि उहाँको भनाई छ । टोलटोलमा एमाले सरकारले गरेका कामहरुको परिणाम धमाधम देखिरहेको पौडेलले बताउनुभयो ।

हाल प्रदेशमा १८ जना मन्त्री गठबन्धन फकाउने उदेश्यबाट गठन गरिएको भनाई राख्नुभयो । गठबन्धनको भाग पुर्याउन जताको करको दुरुपयोग भएको पौडेलले बताउनुभयो । देश बनाउने काममा पार्टी भन्दा पनि देश बनाउने कामको लागि अन्य पार्टीका समर्थकलाई पनि एमालेलाई मत दिन सुझाव दिनुभयो । देश बनाउने समृद्धि ल्याउने चुनाब भएको एमाले बाहेकको विकल्प जनताले नखोज्ने उहाँको भनाई छ ।

नेकपा एमालेका प्रदेश कमिटीका सदस्य एबम मकवानपुर क्षेत्र नम्बर १ ख का निर्वाचन परिचालन कमिटी संयोजक रघुनाथ खुलालले एमाले बिचार, सोच, कार्यक्रम भएको पार्टी भएको बताउनुभयो । देश हाक्ने र देश बिकास गर्ने नेतृत्व एमालेसङ्ग मात्र भएको उहाँको भनाइ छ । सक्षम नेतृत्वका कारण राष्ट्रियता, स्वाधीनता, समृद्धि बनाउदै देशलाई अगाडि लैजाने बताउनुभयो ।

प्रतिक्रिया
1959930090Dormani-Paudel.