हेटौंडामा छिन्तुको घरदैलो अभियान

पालिका डायरी
२२ कार्तिक २०७९

हेटौंडा / मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का उम्मेद्वार प्रेमबहादुर पुलामी छिन्तुको मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८ मा घरदैलो अभियान तथा चुनावी सभा हुने भएको छ । एक चरण मकवानपुरको पूर्र्वी क्षेत्रहरुको चुनावी अभियान सकाएर पुलामी हेटौंडा नगर प्रवेश गरेका हुन्।

मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा घरदैलो र ११ बजे १८ नम्बरमा चुनावी सभा गरिने पुलामीले जानकारी दिए । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बागमती र बकैया गाउँ पालिकाको अधिकांश वडामा पुगेर मतदातासंग भेटघाट गर्नुभएका उम्मेद्वार पुलामीले मंगलबार र बुधबार हेटौंडा नगरको ३ वटा वडामा घरदैलो अभियान तथा चुनावी सभाहरु गर्ने नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य जीवन गोलेले जानकारी दिए ।

२ पटक सांसद भैसकेका अनुभवी र विकासप्रेमी नेताको रुपमा परिचित पुलामीलाई मतदान गरि बिजयी गराउन आग्रह गरे । बागमती गाउँपालिकामा जन्मेका उम्मेद्वार पुलामी मकवानपुरको पूर्र्वी क्षेत्रमा लोकप्रिय नेताको रुपमा परिचित छन् । बागमती र बकैया क्षेत्रमा नेकपा माओवादी केन्द्रको राम्रो पक्कड रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिजय गौतमको दावी छ । बकैया र बागमती गाउँ पालिकामा माओवादी केन्द्रको बलियो उपस्थिति, गठबन्धनको मत र हेटौंडा नगरको १६, १७ र १८ को मत सङ्ख्या हेर्दा पुलामीको जित सुनिश्चित रहेको गौतमको दावी छ ।

नेकपा माओवादी केन्द्र मकवानपुरको लामो समय नेतृत्व गरेका कारण हेटौंडा नगरमा पनि पुलामीको राम्रो पहँुच र लोकप्रियता रहेको गौतमको भनाई छ ।  नम्बर क्षेत्र अन्तर्गत परेको हेटौंडा उपमहानगरपालिकाको वडाहरुबाट पनि पुलामीले सर्वाधिक मत ल्याउने बताए । पुलामी नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको उपाध्यक्ष पनि हुन् ।

निर्वाचन क्षेत्र १ को प्रतिनिधि सभामा नेपाली का‌‌‍ग्रेसको तर्फबाट उम्मेद्वार महालक्ष्मी उपाध्याय (डिना) को उम्मेद्वारी रहेको छ । नेपाली काग्रेसको केन्द्रीय नेतृत्वमा बलियो पक्कड बनाएकी उपाध्याय शक्तिशाली महिला नेतृत्वको रुपमा परिचित छिन् । यसअघि जलस्रोत राज्यमन्त्री भैसकेकी उपाध्याय मकवानपुरमा ईमानदार, शालिन र विकासप्रेमी नेताको रुपमा स्थापित छिन् । केन्द्रीय राजनीतिमा बलियो उपस्थिति जनाउन सक्ने मकवानपुरको ससक्त महिला नेतृत्वलाई जिताउन सबैजनाले मेहनत गर्न केन्द्रीय सदस्य गौतमले आग्रह गरे ।

प्रतिक्रिया