मन्त्री बन्न आफ्नै घरमा आगो लगाउनेबाट मकवानपुरको बिकास संभव छैन–महेश बर्तौला

पालिका डायरी
१४ कार्तिक २०७९

हेटौंडा / मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले एक थान मन्त्री बन्न आफ्नै घरमा आगो लगाउनेबाट मकवानपुरको बिकास संभव नभएको बताउनु भएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका ५, गोगनेमा आज कार्यकर्ता भेटघाट् कार्यक्रमलाई संबोधन गर्दै उहाँले मन्त्री पाउका लागि जे पनि गर्ने र कामै नगर्नेबाट फेरी पनि आस गर्न नसकिने बताउनुभयो । कैलाश क्षेत्रमा आज पनि माध्यमिक तह अध्ययन गर्न भौगोलिक तथा बर्षाका कारण समस्या रहेको बताउदै उहाँले पालिका स्तरीय एक आवसिय बिधालय निर्माण गर्ने बर्तौलाले बताउनु भयो ।

उहाँले आफु एक थान साँसदको फुलि लगाउन हैन जनताको सेवा गर्न उम्मेदवार बनेर नागरिकको घरदैलोमा आइपुगेको बताउनुभयो । घर्तिखोलाबाट डाँडाबास हुँदै डाँडाखर्क भार्ताबाट मनहरी सडक स्तरोन्नति गर्न आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । यहि सडक खण्डको गोगने कालिकाटार खण्ड जोड्ने सडक पनि सतरोन्नती गर्ने बताउनु भयो ।

कार्यक्रममा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नमबर–२ को (ख) का उम्मेदवार लाल बहादुर थापाले एमालेले यो निर्वाचन जितेपछी अहिले पाउदै गरेको ४ हजार सामाजिक सुरक्षा भत्ता बढाएर ५ हजार पुर्याउने बताउनु भयो । आफुले सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न भुमिका खेल्ने बताउनु भयो ।

प्रतिक्रिया