रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित तीनको मृत्यु
रुपन्देही सदरमुकाम भैरहवा नजिकै आज सोमबार बिहान करिब साढे ४ बजे कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीय सीमा कुर्मी र ३५ दिनको नाम नखुलेको शिशु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार छठघाटबाट घरतर्फ फर्किरहेको नम्बर नखुलेको कारले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो । यस्तै, घटनामा शिशुको आमासहित दुई जना घाइते भएका छन् । घाइतेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।
ठक्कर दिने कारको पहिचान अहिलेसम्म हुन सकेको छैन ।
फरार रहेको कारको खोजी भइरहेको तथा घटनाको सम्बन्धमा थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया