काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु

पालिका डायरी
१४ कार्तिक २०७९
काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु

काठमाडौंको बागबजारमा घरको पाँचौं तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तल्लाको झ्यालबाट खसेर उनकी दुई वर्षीया छोरी रियासा महर्जनको मृत्यु भएको हो ।

आइतबार राति आफ्नै घरको पाँचौं तल्लाबाट खसेर गम्भीर घाइते भएकी रियासाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
child