मकवानपुरगढीको ३ वडामा गठबन्धनको निर्वाचन कार्यालय स्थापना

पालिका डायरी
११ कार्तिक २०७९, २१:३२

हेटौंडा / मकवानपुरगढी गाउँपालिकाको ३ वटा वडामा बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटन गरिएको छ ।

नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार मोक्तानले संयुक्तरूपमा मकवानपुरगढी गाउँपालिकाको ५,६ र ७ नम्बर वडाको निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटन गर्नुभएको हो ।

निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटनका क्रममा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले लोकतन्त्रको रक्षाको लागि गठबन्धन आवश्यक भएको बताउनुभयो । उहाँले मकवानपुरको समग्र बिकासको लागि आफु दत्तचित्त भएर लाग्ने बताउनुभयो ।

त्यस्तै प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार मोक्तानले आफुले सुरु गरेको तर पुरा हुन बाँकी काम पुरा गर्न आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । जनयुद्ध र जनयुद्धका सहिदले देखेको सपना पुरा गर्नको लागि आफु लागि पर्ने बताउनुभयो ।

दुबै उम्मेद्वारले लोकतन्त्रको रक्षा र संविधान अनुसार देशलाई अगाडि बढाउन ऐलेको गठबन्धन भएको र गठबन्धनका उम्मेद्वारलाई मतदान गरि बिजयी गराउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, प्रदेश कमिटि सदस्य लबशेर बिष्ट, मकवानपुरगढी इन्चार्ज सरोज खनाल, अध्यक्ष राजकुमार खड्का, नेकपा एकीकृत समाजबादीका मकवानपुर सचिब बिष्णु दाहाल, नेपाली कांग्रेस प्रदेश २ क निर्वाचन प्रचार कमिटि सदस्य यतिराज सापकोटा, मकवानपुरगढी सभापति राजबिर मोक्तान, सचिब प्रतिमान रुम्बा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया