हेटौंडामा सयौंको सङ्ख्यामा नेकपा एमाले प्रवेश

पालिका डायरी
७ कार्तिक २०७९, २०:५१

हेटौंडा / मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडामा काग्रेस माओवादी राप्रपा परित्याग गरी सयौंको सङ्ख्यामा नेकपा एमाले प्रवेश गरेका छ्न ।

१९ नम्बर वडाको सोला, बाँसघारी, सेर सेर, ठूलो बसेनी, डुमारे, लेक पानी, ज्यामिरेका स्थानीयहरु नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार महेश कुमार बर्तौला र प्रदेश सभा सदस्य उम्मेदवार लाल बहादुर थापा गाउँ पुगे पछि खुसिका साथ सयौंको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा गाउँले चिनेको भुगोलले चिनेको यसै क्षेत्रमा हुर्केको युवाहरु उम्मेदवार भएको सुन्ने बित्तिकै गाउँ बासी उत्साहित रहेको र उम्मेदवार गाउँ आउने खबर पाए पछि घण्टौ हिडेर पार्टी प्रवेश सँगै उम्मेदवारलाई हौसला दिन आएको पार्टी प्रवेश गर्नेहरुले बताए। पार्टी प्रवेश गर्नेहरुलाई उम्मेदवारद्वय बर्तौला र थापाले खादा माला अबिर लगाएर स्वागत गरेका थिए भने उम्मेदवार थापाले जनताको जुन गुनासो जनताले मागेको बजेट जिते पछि नीति बनाएर काम गर्ने बताए ।

त्यस्तै उम्मेदवार बर्तौलाले आफुले जिते पछि आफ्नो क्षेत्रमा बिगत २० बर्ष सम्म बिरोधले गर्न नसकेको काम पाँच बर्षमा गरिदिने प्रतिबद्धता व्यक्त गरे । बर्तौलाले आफू बिद्यार्थी राजनिती बाट आएको र मकवानपुर प्रतिनिधि क्षेत्र नम्बर दुई गरिव र बिकट दुबै भएको ठाउँ भएकोले शिक्षामा आफ्नो महत्त्वपूर्ण ध्यान जाने प्रतिबद्ध व्यक्त गरे ।

बर्तौलाले आफुले चुनाव जिते आवासीय विद्यालयको सुबिधा देखि उच्च सिक्षा अध्यनको लागि छात्रवृत्तिको उचित ब्यवस्था गर्ने जनकारी गराए । उनले बिरोध खतिवडा चार पटक चुनाव जितेर केही गर्न नसकेको यस भेगका जतालाइ पूर्ण सफा र शुद्ध पानी घर घरमा ल्याइदिने प्रतिबद्धता पनि व्यक्त गरे । त्यस्तै कार्यक्रमका सभाध्यक्ष तथा हेटौंडा १९ का पार्टी वडा कमिटी अध्यक्ष राज कुमार मल्लले कार्यक्रम समापन गर्दै अब एमाले विजयको लहर सहित देश एमालेमय हुँदै गएको र सबै वडाबासी लाई मन दायाँबायाँ नगरी सुर्यमा मतदान गर्न अनुरोध गरे । कार्यक्रममा नेकपा एमाले १९ नम्बर वडाको नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया