कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

पालिका डायरी
५ कार्तिक २०७९, ११:४३
accident

कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

हिजो बेलुका बाणगङ्गा नगरपालिका–३ सिउटीमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा दाङ घर भएका सशस्त्र प्रहरी हवलदार रमेश चौधरी, नवलपरासीका सहायक हवलदार रमेश चौधरी र सिपाही जनक चौधरीको ज्यान गएको हो । घटनामा स्थानीय साइकल यात्री अमर तङनामीको पनि ज्यान गएको छ ।

सहायक हवलदार रमेश चौधरी र सिपाही जनक चौधरीको उपचारका क्रममा भैरहवामा ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो । दुर्घटनामा गोविन्द सुवेदी, प्रेम मल्ल, कुलबहादुर घर्ती र सागर पाण्डे घाइते भएका सशस्त्र प्रहरी बल २८ नम्बर गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेनले बताउनु भयो ।

घाइतेको भैरहवामा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रतिक्रिया