भुस्याहा कुकुरले टोक्दा एकैदिन ३० जना घाइते

पालिका डायरी
४ कार्तिक २०७९
भुस्याहा कुकुरले टोक्दा एकैदिन ३० जना घाइते

पाल्पाको माथागढी गाउँपालिकामा भुस्याहा कुकुरले टोक्दा ३० भन्दा बढी मानिस घाइते भएका छन् ।

भुस्याहा कुकुरले टोक्दा गाउँपालिका–१ चिदिपानी, २ रूप्से र ३ कसेनीका बासिन्दा घाइते भएका हुन् । कुकुरको आक्रमणमा पर्नेमा ५ वर्षदेखि करिब ६० वर्षसम्मका छन्। कुकुरले उनीहरूको टाउको, अनुहार, हात र गोडामा टोकेको छ ।

वडा नम्बर १ का वडाध्यक्ष राजकुमार पन्थीले एउटै कुकुरले सबै मानिसलाई टोकेको बताए। कुकुरले टोकेकामध्ये २० जनाले स्थानीय एक मेडिकलमा उपचार गरेका छन् । अन्य घाइते जिल्लाको सदरमुकाममा तानसेनमा रहेका जिल्ला अस्पताल, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज पुगेका छन् ।

प्रतिक्रिया