मकवानपुरका जनताको सेवक भएर काम गर्नेछु– महेश बर्तौला

पालिका डायरी
३१ आश्विन २०७९, १०:०९

हेटौंडा / मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले आफु पाँच वर्ष सम्म मकवानपुरका जनताको सेवक भएर काम गर्नका लागि चुनावमा उम्मेदवारी दिएको बताउनु भएको छ ।

मकवानपुरको थाहानगरपालिका वडा नम्बर–२ मा नेकपा एमाले वडा कमिटीको आयोजनामा भएको चियापान कार्यक्रममा बोल्दै उहाँले चुनाव जितेपछी प्रत्यक मतदाताको सेवक भएर काम गर्ने बताउनुभयो ।

पालुङ्ग भनेकै अर्गानिक तरकारी उत्पादनको केन्द्र रहेको बताउँदै उहाँले भन्नुभयो–‘थाहामा ५ घण्टा भन्दा बढी समय लागेर स्कुल क्याम्पस आउने अवस्थाको अन्त्य गर्ने छु । दुइ सय जना सम्म बिद्यार्थी अटाउने होस्टल निर्माण गर्नेछु । सार्बजनिक सरकारी कार्यालयको सेवामा जनताको गुनासो नहुने गरेर काम गर्ने छु ।’

भर्स्टाचार शून्य र शुसान कार्यम गर्न आफु अग्रस्थानमा रहेर काम गर्ने बर्तौलाले बताउनुभयो । पर्यटन बिकासको र पर्यटक थाहामा अड्याउने र थाहालाई बस्न लालायित हुने नगर बनाउने उहाँले बताउनुभयो । पहिले चुनाव जितेकाहरु गाउँ नफर्किएकोमा दुख व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले मकवानपुरका सचिवालय सदस्य पार्बती राना, जिल्ला कमिटीका सदस्य सुरेन्द्रमान प्रधान, पार्टी जिल्ला कमिटी सदस्य तथा थाहा नगर सह इन्चार्ज
अचुतम ढकाल लगायतकाको कार्यक्रममा आतिथ्यता रहेको थियो

प्रतिक्रिया