राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज

पालिका डायरी
२५ आश्विन २०७९
राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सरकारलाई भोलिदेखि खर्च गर्ने बाटो खुल्यो file photo

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन्। स्वास्थ्य स्थितिमा सुधार आएपछि राष्ट्रपति भण्डारी डिस्चार्ज भएको राष्ट्रपतिका जनसम्पर्क सल्लाहकार टीका ढकालले जानकारी दिए।

गत शनिबार ज्वरो आउने, टाउको दुख्ने भएपछि राष्ट्रपति भण्डारी त्रि.वि. शिक्षण अस्पताल पुगेकी थिइन्। परीक्षणको क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया