नक्कली नोटसहित भारतीय युवक पक्राउ

पालिका डायरी
१६ आश्विन २०७९, १६:२७

सिरहाको नरहा गाउँपालिका–४ बाट प्रहरीले नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ । १ हजार दरको ३१ थान नक्कली नेपाली नोटसहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो. रेजाउल्लाहलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया