प्रतिस्पर्धामा एकल बहुमत ल्याउन सक्ने पार्टी एमाले मात्र: केन्द्रीय सदस्य राना

पालिका डायरी
१४ आश्विन २०७९, ११:१६

हेटौंडा / आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकाे प्रतिस्पर्धामा एकल बहुमत ल्याउन सक्ने पार्टी नेकपा एमाले मात्र भएकाे पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले बताउनु भएकाे छ ।

नेकपा एमाले हेटाैँडा उपमहानगरपालिका वडा १६ नं. वडा कमिटीद्वारा अायाेजित चियापान तथा शुभकामना अादानप्रदान कार्यक्रममा बाेल्दै रानाले राष्ट्रियताकाे रक्षा, लाेकतन्त्र सुदृढीकरण, विकास, समृद्वि, सुशासन, शान्ति र स्थिरता एउटा पार्टीकाे बहुमतबाट मात्र सम्भव हुने भएकाेले अागामी निर्वाचनमा एमालेका उम्मेद्वारले जित्नु अपरिहार्य रहेकाे बताउनु भयाे । विभिन्न चार्डपर्वकाे अवसरमा अायाेजित चियापान तथा शुभकामना अादानप्रदानले सामाजिक सद्भाव, भाईचारा र एकअापसमा समधुर सम्बन्ध विस्तारमा सघाउ पुर्याउने बताउनु भएकाे छ ।

कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरू कमल विष्ट, दिलबहादुर घिसिङ्ग, जिल्ला कमिटी सचिव नवीन सिग्देल, जिल्ला सचिवालय सदस्यहरू सुनिल मुक्तान, सुमित्रा काफ्ले, राजन थापा, खेम जर्गामगर, मदनकुमार दाहाल, जिल्ला कमिटी सदस्यहरू शंकर राई, नरहरि महत, राजकुमार तिमल्सिना, पार्टी उपमहानगर कमिटी अध्यक्ष शालिकराम पुडासैनी लगायतकाे उपस्थिति रहेकाे थियाे । पार्टी वडा अध्यक्ष सागर बाँस्ताेलाकाे अध्यक्षतामा भएकाे कार्यक्रम हटिया चिसापानी चाैकमा अायाेजना गरिएकाे थियाे ।

प्रतिक्रिया