काठमाडौं–३ बाट चुनाव लड्ने प्रचण्डसमक्ष कुलमान घिसिङको प्रस्ताव
![काठमाडौं–३ बाट चुनाव लड्ने प्रचण्डसमक्ष कुलमान घिसिङको प्रस्ताव](https://www.palikadiary.com/wp-content/uploads/2022/09/ezgif.com-gif-maker.jpg)
काठमाडौं / नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ राजनीतिमा होमिने भएका छन् । प्राधिकरणको नेतृत्वमा पुगेर मुलुकबाट नै लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङ अब संसदीय राजनीतिमा होमिन लागेका छन् ।
घिसिङलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को निर्वाचन लडाउने तयारी गरेका छन् । घिसिङले पनि चुनाव लड्ने मनशाय बनाएका छन् । यसअघि उनी काठमाडौं–२ बाट चुनाव लड्ने चर्चा थियो । तर, घिसिङ स्वयमले भने आफू काठमाडौं–३ बाट चुनाव लड्ने बताएका छन् ।
उनले सो सन्देश प्रचण्डसमक्ष पुर्याइसकेका छन् । दाहालले भने काठमाडौं वा रामेछाप जहाँबाट लडेपनि टिकट दिईने बताईसकेका छन् । ०७४ मा काठमाडौं–३ मा एमालेका कृष्णबहादुर राई निर्वाचित भएका थिए । घिसिङ अहिले काठमाडौं ३ मै बसोबास गर्छन् ।
प्रतिक्रिया