आधा दर्जन जिल्ला सदस्यसहित पुरानाे घर फर्किन् मनिला

पालिका डायरी
१० आश्विन २०७९, १९:१७

हेटौंडा / मनहरी गाउँपालिकाकी निर्वाचित पूर्व उपाध्यक्ष तथा एकीकृत समाजवादीकी जिल्ला सचिवालय सदस्य मनिला विष्ट नेकपा एमाले मै फर्किएकी छिन् ।

साेमबार मनहरीमा अायाेजित कार्यक्रममा मनिलासहित पार्टी जिल्ला सदस्य र गाउँपालिका कमिटीका सदस्यहरू, अनेरास्ववियु र अनेमसंघका नेता कार्यकर्तासहित २ दर्जन नेकपा एमालेमा प्रवेश गरेका हुन् । प्रवेश कार्यक्रममा बाेल्दै भईरहेकाे छदाकाे पार्टी फुटाएर नयाँ मान्छेलाई ल्याएर पार्टी बनाउनु फलामकाे च्यूरा हुने र विभाजनले कम्युनिष्ट पार्टीलाई कमजाेर बनाएकाेले पुरानै घर फर्किएर बलियाे बनाउनु उपयुक्त हुने भएकाेले नेकपा एमालेमा फर्किएकाे बिष्टले बताईन् । पार्टीले दिएकाे जिम्मेवारी साझा सवाल र विषय भएकाे अन्य पार्टी भन्दा सृजनात्मक र क्रियाशिल हुने प्रतिबद्वता व्यक्त गर्दै जनताकाे नयाँ साेच र नयाँ खाेजप्रति चासाे भएकाेले समयानुकुल पार्टी सञ्चालन गर्नुपर्नेमा जाेड दिईन् ।

एकीकृत समाजवादीका जिल्ला कमिटीका सदस्यहरू बालमुकुन्द ढकाल, शिशुपाल बस्नेत, पानीमिरा राना, अप्सरा ढुङ्गाना, ईन्द्रकुमारी मिजार, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य गाेविन्द बर्ताैला, मनहरी गाउँपालिका कमिटीका सदस्यहरू बासु पाैडेल, शिव विंडारी, बुद्विमाया रूम्बा, सविता सुनार, अनेरास्ववियुका शनिस लाे,अनुजा गुरूङ्ग, रेजिना ढकाल, अनेमसंकी गाेमा लम्साल कविता रूम्बालगायत प्रवेश गरेकाे मनहरी गाउँपालिका कमिटीका अध्यक्ष नवीन सुवेदीले बताए । कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रीय सदस्य मकवानपुर ईन्चार्ज रामेश्वर रानालगायतका नेताहरूले खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।कार्यक्रममा पार्टी केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डाेरमणि पाैडेल, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पाैडेल, जिल्ला कमिटी अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, जिल्ला सचिवालय सदस्यहरू मदन दाहाल, हेमलाल उप्रेती, जिल्ला सदस्यहरू गाैतम लामा, विमला कार्की, सरला बाेलखे, रविराज उप्रेती, बाबु थिङ्ग, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटी सदस्य तथा बाग्मती प्रदेश सहईन्चार्ज सन्ताेष चाैलागाई, जिल्ला अध्यक्ष लक्ष्मण उप्रेतीलगायतकाे उपस्थिति रहेकाे थियाे ।

नेताहरूले कार्यक्रममा सम्बाेधन गर्दै भ्रमबस अलमलमा परेका साथीहरूलाई पुरानाे घरमा फर्किन र बलियाे कम्युनिट पार्टी निर्माणमा लाग्न समेत अाग्रह गरेका थिए ।

प्रतिक्रिया