५३ जनामा काेराेना संक्रमण
काठमाण्डाै / पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी दुई हजार ६ सय २४ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ८४ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रतिको संख्या एक हजार एक सय ७८ जनामा झरेको छ ।
यस्तै २४ घण्टामा काेराेना संक्रमणका कारण कसैका पनि ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया