मनास्लु हिमालमा हिमपहिरो, उद्धार चल्दै

पालिका डायरी
१० आश्विन २०७९, १४:१३
मनास्लु हिमालमा हिमपहिरो, उद्धार चल्दै file photo

मनास्लु हिमालमा हिमपहिरो गएको छ । तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परि केही व्यक्ति घाइते समेत भएका विवरण प्राप्त भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताउनुभयो ।

उहाँले हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाण्डाैबाट सामागाउँमा हेलिकप्टर पठाएको बताउनुभयो । सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो ।

यस्तै आरोही निर्मल पुर्जाले फेसबुकमा स्टाटस लेखेर मनास्लुमा हिमपहिरो गएको जानकारी दिँदै आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको जानकारी दिनुभएको छ । गोरखाको मनास्लु हिमाल आरोहणका लागि यो सिजनमा ३८ वटा अरोहण दलका चार सय चार जनालाई अनुमति दिएको छ । जसमा ९७ जना महिला र तीन सय सात जना पुरुष रहेका छन् ।

मनास्लु हिमाल शरदयाममा आरोहणका लागि लोकप्रिय मानिन्छ । जिल्ला प्रहरी कार्यालय गोरखाले घटनास्थलमा टाेली गइरहेको जनाएकाे छ ।

प्रतिक्रिया