म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन– प्रचण्ड

पालिका डायरी
१० आश्विन २०७९, १२:२८
म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र कमजोर बनाउने षडयन्त्र भएको बताएका छन् ।

घटस्थापनाका अवसरमा चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केहि मान्छेहरु गणतन्त्र र पार्टीलाई के गरी कमजोर पार्ने भनेर लागेका बताएका हुन् ।

‘विभिन्न तत्वहरुले पार्टी र नेताहरुको बदनाम गर्दै परिवर्तन उल्टाउने षड्यन्त्र गरिरहेका छन्। सामाजिक सञ्जालको प्रयोग गरेर पार्टी र नेताको बदनाम गरिँदैछ,’ प्रचण्डले भने, ‘हामी सचेत रहनुपर्‍यो। सामाजिक सञ्जालको दुरुपयोग हुन दिनुभएन।’

संविधान र लोकतन्त्रलाई धरापमा पर्न नदिनेगरी जनताले मंसिर ४ गते फैसला गर्ने उनले बताए ।

उनले आफू प्रधानमन्त्रीको रेसमा नभएकोसमेत बताए । ‘मंसिर ४ मा चुनाव आउँदैछ। यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो। म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन,’ प्रचण्डले भने । आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता भएको उनको भनाई छ ।

प्रतिक्रिया