मदन भण्डारी फाउन्डेसनको आयोजनामा हेटौंडामा चियापान तथा शुभकामना

पालिका डायरी
८ आश्विन २०७९, १७:४८

हेटौंडा / मदन भण्डारी फाउन्डेसन मकवानपुरको आयोजनामा हेटौंडामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । नेपालीहरुको महानपर्ब बिजयादशमी, शुभदिपावली, छट पर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा फाउन्डेसनका केन्द्रीय नेता तथा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।

आउँदै गरेका चार्डपर्ब सबैले हासी खुसीका साथ विताउन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, जुनेली श्रेष्ठ, एमालेका बागमती प्रदेश कमिटीका उपसचिब महेश कुमार बर्तौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेपाली काग्रेस मकवानपुरका सभापति बुद्ध लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतम, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिभीन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया