बसको ठक्करबाट विद्यार्थीको मृत्यु, धादिङको गजुरी तनावग्रस्त

पालिका डायरी
६ आश्विन २०७९
बसको ठक्करबाट विद्यार्थीको मृत्यु, धादिङको गजुरी तनावग्रस्त

धादिङको गजुरीमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६ वर्षीय विजय परियार रहेका छन् ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविमा कक्षा १ मा पढ्ने विजय परियारलाई जेब्राक्रसिङबाट बाटो काट्दै गर्दा ठक्कर दिएको थियो।

विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड र आगजनी गरेका छन् ।

प्रदर्शन भइरहेका कारण अहिले पृथ्वी राजमार्गमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया