हिन्दीमा मात्र हाेइन, प्रेम गीत-३ लाई त विभिन्न भाषामा डब गरी संसारभर देखाउनुपर्छः करिश्मा मानन्धर

पालिका डायरी
४ आश्विन २०७९

अभिनेत्री करिश्मा मानन्धरले प्रेम गीत-३ लाई विभिन्न भाषामा डब गरी संसारभर देखाउनुपर्ने बताएकी छन् । चलचित्र अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शित हुने खालको भए चलचित्र विकास बाेर्डसमेतकाे लगानीमा यसलाई अङ्ग्रेजी, इटालियन, कोरियन, चिनियाँ भाषामा पनि डब गर्न सकिने उनको भनाइ छ ।

हिन्दी भाषामा पनि डब भएका कारण चलचित्र विकास बोर्डले प्रेम गीत-३ लाई विदेशी फिल्मका रूपमा कर लगाउने हल्लाका माझ करिश्माको बयान आएको हो । चलचित्र विकास बोर्डले प्रेम गीत-३ लाई निर्धारित समयमै हलमा लाउन नसघाएकोप्रति करिश्माको गुनासो छ ।

‘अलिकति समय यताउता भयो भने विदेशी सिनेमासँग प्रतिस्पर्धा गरिरहेको नेपाली चलचित्रको हालत के हुन्छ, यो उहाँ विज्ञहरूलाई जति अरु कसलाई थाहा होला ?’, करिश्माको प्रश्न छ ।

बोर्डका अध्यक्ष भुवन केसीले नायक प्रदीप खड्कालगायत अभिनित चलचित्रलाई अप्ठेरो पार्ने काम गरिरहेको आरोप छ । सन्तोष सेन निर्देशित यो फिल्म नेपालीसँगै हिन्दी भाषामा पनि डब गरिएको छ । भारतमा चलचित्रको राम्रो प्रचारप्रचार भइरहेको छ ।

प्रतिक्रिया