जबराका समर्थकले भने–‘जनताको प्रधानन्यायाधीशलाई स्वागत छ’

पालिका डायरी
२ आश्विन २०७९, १७:२२
जबराका समर्थकले भने–‘जनताको प्रधानन्यायाधीशलाई स्वागत छ’

काठमाडौं /  निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारी क्वाटरमै नजबन्द गरिएको बताएका छन् ।

आफूमाथि लागेको महाभियोगको कुनै औचित्य नभएको र अभियोग पुष्टि नभएको भन्दै जबरा आज विहान ११ बजे सर्वोच्च अदालत फर्कने तयारीमा थिए ।

तर, जबरा अदालत फर्कने तयारीमा जुटिरहेकै बेला सरकारले उनको निवासअघिको मूल गेटमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर अदालत जानबाट रोकेको छ । उनले भने आफूलाई यसरी रोक्नुलाई नजरबन्दको संज्ञा दिएका छन् । जबराका समर्थकले भने ‘जनताको प्रधानन्यायाधीशलाई स्वागत छ’ भन्ने ब्यानरसहित स्वागत गरेका छन् ।

उनीहरुले जबराको साथमा हामी सबै नेपाली छौं भन्दै जबराको तस्विरअंकित ब्यानरसमेत बनाएका छन् ।

प्रतिक्रिया