प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै

पालिका डायरी
१ आश्विन २०७९
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं / शनिबार मध्यराती १२ बजेदेखि कार्यकाल सकिने प्रतिनिधिसभाको बैठक बस्दै छ। २०७४ मा निर्वाचित सांसदको अन्तिम संसद् बैठक शनिबार बस्न लागेको हो। दिउँसो १ बजे बस्ने भनिएको बैठकको हालसम्म कुनै कार्यसूची तोकिएको छैन।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका २–३ असोजमा रहेकाले १ असोजसम्म कार्यकाल मानेर सदनमा पछिल्लो बैठकमा बोल्ने सांसदले बिदाइ सम्बोधन गरेका थिए।

प्रतिक्रिया
Parliament-Samsad