कर्मचारी सञ्चय कोषको बार्षिक उत्सवमा ॐ बृद्धाश्रममा खाद्यान्न सहयोग

पालिका डायरी
३१ भाद्र २०७९

हेटौंडा / कर्मचारी सञ्चय कोषको ६१ औं बार्षिक उत्सवको अवसरमा बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. २ मा रहेको ॐ बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको हो ।

कर्मचारी सञ्चय कोष शाखा कार्यालय हेटौंडाका प्रमुख राजेन्द्र लामिछाने सहितका कर्मचारी परिवारले ॐ बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ र कोषाध्यक्ष फणिन्द्र प्रसाद तिमल्सिनालाई खाद्यान्न तथा फलफुल सहयोग गरेका थिए ।

चामल दुई बोरा, दाल ५ केजी, मिक्स गेडागुडी ५ केजी, तेल ५ लिटर, नुन ५ पाकेट, मस्यौरा १ बोरा, फ्रुटी एक कार्टुन, मसला १ केजी, भुजा २ केजी, चिउरा ५ केजी, बिस्कुट ५ पाकेट, फलफुल (स्याउ) ५ किलो, आलु ५ किलो र तरकारीहरु फर्सी, स्कुस, कागती बृद्धाश्रमलाई हस्तान्तरण गरिएको हो ।

हाल ॐ बृद्धाश्रममा २५ जना बृद्धबृद्धाहरुले आश्रय लिएका छन् । बिभिन्न संघ संस्थाको बार्षिक उत्सव, विवाह बर्षगाठ, जन्मदिन मनाउनेहरुले गरेको सहयोगबाट आश्रमलाई चल्न सहज भएको छ ।

प्रतिक्रिया