भारतबाट ६.५५ रुपैयाँ घटेर आयो पेट्राेलकाे मूल्य

पालिका डायरी
३१ भाद्र २०७९, १५:२९
भारतबाट ६.५५ रुपैयाँ घटेर आयो पेट्राेलकाे मूल्य file photo

काठमाडौँ / भारतबाट पेट्राेलकाे मूल्य घटेर आएकाे छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएकाे नयाँ मूल्यसूची अनुसार पेट्राेल प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएकाे हाे ।

पेट्रोलमा मूल्य घटेसँगै नेपाल आयाल निगमलाई प्रतिलिटर ८ रुपैयाँ नाफा रहने भएको छ । शुक्रबारबाट लागू हुने गरि इन्धनमा मूल्य समायोजन भएर आएको हो।

डिजेलमा भने प्रतिलिटर ४४ पैसामा मात्र घटेर आएको निगम स्रोतले बतएको छ । नयाँ मूल्यसूचीअनुसार पनि निगमलाई डिजलमा प्रतिलिटर करिब ६ रुपैयाँ घाटा रहने बताइएको छ ।

प्रतिक्रिया