हामी संसदीय समितिमा बयान दिन जान्नौं: पूर्वप्रधानन्यायाधीश शर्मा

पालिका डायरी
३० भाद्र २०७९, ११:३२
हामी संसदीय समितिमा बयान दिन जान्नौं: पूर्वप्रधानन्यायाधीश शर्मा File photo

पूर्वप्रधानन्यायाधीशहरू संसदको महाभियोग सिफारिस समितिमा बयान दिन नजाने भएका छन्। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समितिमा बयान दिने क्रममा विभिन्न व्यक्तिलाई विभिन्न आरोप लगाएका थिए।

ती आरोपबारे बयान लिन समितिले बुधबार पूर्वप्रधानन्यायाधीशहरूलाई पनि बोलाउने निर्णय गरेका थिए। समितिले बोलाएका पूर्वप्रधानन्यायाधीशहरू समितिमा बयान दिन नजाने पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले बताए। ‘म जान्नँ, अरूहरू पनि जानुहुन्न,’ शर्माले भने,‘यसबारे हामीले साझा धारणा केहीबेरमा सार्वजनिक गर्दैछौं।’समितिले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई बिहीबार बोलाएको थियो।

यसअघि सर्वोच्चका बहालवाला न्यायाधीशहरूले पनि समितिमा बयान दिन नजाने निर्णय गरेका थिए। न्यायाधीशहरू नआउने भएपछि आज बिहान ८ बजेदेखि बस्ने भनिएको समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ।

प्रतिक्रिया