साफ च्याम्पियनशिपको उपाधिका लागि भारतसँग भिड्दै नेपाल

पालिका डायरी
२९ भाद्र २०७९, १३:०५
साफ च्याम्पियनशिपको उपाधिका लागि भारतसँग भिड्दै नेपाल फाईल फोटो

साफ यू-१७ च्याम्पियनशिप फूटबलको उपाधिका लागि नेपाली टोली आज भारतसँग भिड्न लागेको छ।

श्रीलङ्काको कोलम्बोस्थित रेसकोर्स मैदानमा आज राति ८ः१५ बजे नेपाल र भारतको खेल हुनेछ। नेपाल सेमिफाइनलमा आयोजक श्रीलङ्कालाई ६-० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

त्यस्तै, बाङ्लादेशलाई २-१ गोलअन्तरले हराउँदै भारत पनि फाइनलमा पुगेको हो। भारत यसअघिको विजेता हो। यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३-१ गोलअन्तरले पराजित गरेको थियो। नेपाल अपराजित रहँदै फाइनल पुगेको हो।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको खेलमा विजयी भइ च्याम्पियन बन्ने लक्ष्य रहेको बताए।

प्रतिक्रिया