बालेनको डोजर आज कोटेश्वरमा गुड्ने

पालिका डायरी
१९ भाद्र २०७९, ११:२०
बालेनको डोजर आज कोटेश्वरमा गुड्ने

काठमाडौँ महानगरपालिकाको अनधिकृत संरचना हटाउने अभियान आज कोटेश्वर पुग्दै छ। सडक मिचेर अवैध ढङ्गले खडा भएका संरचना भत्काउने महानगरले बताएको छ । कोटेश्वर पुलिस प्रभागबाट दिउँसो साढे ४ बजे उक्त अभियान शुरु हुने बताइएको छ ।

महानगरले ३५ दिने सूचना नै निकालेर यस्ता संरचना हटाउन आग्रह समेत गरेको थियो । अटेर गरेर सूचनाको अवज्ञा गर्नेहरुका घर टहरालाई महानगर आफैले हटाइरहेको छ । सडक किनारमा रहेका फुटपाथमा हिँडडुल,आवतजावतमा असहज हुने गरी गरिएको व्यापार व्यवसायलाई बल प्रयोग गरेर भए पनि प्रतिबन्ध लगाउने मेयर बालेनको दाबी छ ।

यस्तै मेयर बालेन्द्र साहले महानगरको जिम्मेवारी सम्हालेको आज १०० दिन पुगेको छ । यस अवसरमा उनले १०० दिनमा आफूले चालेको प्रमुख कामहरूमा अवैध संरचना हटाउनेदेखि फोहोर व्यवस्थापन, इ स्पोर्टका लागि १ करोड ब्यवस्थापन,र्यापर यम बुद्धको शालिक निर्माणबारे लामो व्याख्या गरेका छन् ।

प्रतिक्रिया