मुस्ताङको लागि उडेको समिट एयरको जहाजमा समस्या आएपछि ७ मिनेटमै आपतकालिन अवतरण।

पालिका डायरी
१९ भाद्र २०७९, ११:१३
मुस्ताङको लागि उडेको समिट एयरको जहाजमा समस्या आएपछि ७ मिनेटमै आपतकालिन अवतरण।

मुस्ताङको जोमसोमका लागि पोखराबाट आइतबार बिहान उडेको समिट एयरको जहाजमा समस्या भएपछि आपतकालीन अवतरण भएको छ।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार ७ बजेर ५९ मिनेटमा उडेको जहाज पोखराका आकाशमा एक फन्को मारेर ७ मिनेटपछि आपतकालीन अवतरण भएको हो उक्त जहाजमा १८ जना यात्रु थिए।

उडेको केहीबेरमै पाइलटले इन्डिकेसनमा प्रोब्लम (खराबीको संकेत)को जनाउ पोखरा विमानस्थलको टावरलाई दिएका थिए । तत्कालै पाइलटले दाहिने इन्जिन अफ गरी पोखरा विमानस्थलमै जहाज अवतरण गराएका हुन् । ‘सामान्य खालकै अवतरण भएको हो, ग्राउन्डमा अरु त्यस्तो आपतकालीन तयारी पनि गर्नुपरेको होइन,’ सूचना अधिकारी सुवेदीले भने ।

प्रतिक्रिया