नेपालले केन्यालाई हरायाे, एक खेलअघि नै शृङ्खला जित्याे

पालिका डायरी
१८ भाद्र २०७९, १९:५७
पीएनजीमाथि नेपाल १५ रनले विजयी

दाेस्राे एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएकाे छ । नेपालले दिएकाे दुई सय ३१ रनकाे लक्ष्य पछ्याएकाे केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयाे ।

केन्याका लागि रकिप पटेलले ८१, कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधियाम्बोले २८ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार, सोमपाल कामीले तीन तथा करण केसी, आदिल अन्सारी र पवन सर्राफले एक/एक विकेट लिए ।

यसअघि नैराेबीमा टस जितेर पहिला ब्याटिङ गरेकाे नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनायाे । नेपालका लागि कप्तान राेहित पाैडेलले ७८ रन बनाए । यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । बलिङतर्फ केन्याका कप्तान शेम एनगाेचे र विराज पटेलले दुई/दुई विकेट लिए ।

जितसँगै नेपालले तीन खेलकाे शृङ्खलामा दुई–शून्यकाे अग्रता लिएकाे छ । याेसँगै नेपालले एक खेलअघि नै शृङ्खला आफ्नाे पक्षमा पारेकाे छ । तेस्राे खेल पर्सि साेमवार हुनेछ ।

प्रतिक्रिया