कैलाली क्षेत्र नम्बर ५ मा आरजु सर्वसम्मत

पालिका डायरी
१८ भाद्र २०७९, १२:४३
कैलाली क्षेत्र नम्बर ५ मा आरजु सर्वसम्मत file photo

काठमाडौं / आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवा सिफारिस भएकी छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहेकी देउवाको नाम कैलाली ५ बाट एकल सिफारिसमा परेको हो ।

निर्वाचन क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–५ बाट बुधबारै सहमति जुटाए पनि बिहिबार देउवाको एकल नाम सिफारिस गरेका थिए । कैलाली क्षेत्र नम्बर ५ कांग्रेसका सभापति भीम पडालले दुवै प्रदेशबाट प्रतिनिधिसभाको उम्मेदवारका लागि राणाको नाम मात्रै सिफारिस भएको जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडले कैलाली–५ बाट प्रतिनिधिसभाका लागि आरजु राणाको नाम एकल सिफारिस भएको बताए । राणा ०७४ को निर्वाचनमा पनि क्षेत्र नम्बर ५ बाटै उम्मेदवार थिइन् ।

उनी वाम गठबन्धनका नारदमुनि रानासँग ५ हजारभन्दा बढी मतान्तरले पराजित भएकी थिइन् । रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत पाएकी थिइन् ।

प्रतिक्रिया