यूएई संसद्‌का उपाध्यक्ष यामाही नेपाल भ्रमणमा

पालिका डायरी
१७ भाद्र २०७९, ११:३७
यूएई संसद्‌का उपाध्यक्ष यामाही नेपाल भ्रमणमा

काठमाडौँ / संयुक्त अरब इमिरेट्स (यूएई) संसद्‌का उपाध्यक्ष मोहम्मद अहमद अल यामाही दुईदिने नेपाल भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं आएका छन् । मुस्लिम आयोगको निमन्त्राणामा आएका यामाहीलाई शुक्रबाहर बिहान नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदन मोहम्मद अल नक्बी, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र आयोगका सदस्यहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

यामाही दुई महिनापछि अरब मुलुकका २२ देश सदस्य रहेको अरब लिगको महासचिव नियुक्त हुँदैछन् । अरब लिगको सचिवालय इजिप्टमा रहेको छ ।

यामाहीले दुईदिने नेपाल बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतसँग भेट्नेछन् । यामाही आइतबार स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया