महानगरले बन्द गरायाे ‘वर्ल्ड ट्रेड सेन्टर’ मा राखिएकाे डिजिटल बाेर्ड

पालिका डायरी
१६ भाद्र २०७९, १८:४१
महानगरले बन्द गरायाे 'वर्ल्ड ट्रेड सेन्टर' मा राखिएकाे डिजिटल बाेर्ड

काठमाण्डाै / काठमाण्डाै महानगरपालिकाले त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ ।

निकै ठूलो र चम्किलो डिजिटल बोर्डका कारण चालकको ध्यान मोडिएर दुघर्टनाको जोखिम भएको भन्दै पटक–पटक गुनासो आइरहेको थियो । आज बिहीवार महानगरले डिजिटल बोर्ड नियम विपरीत राखिएको भन्दै आफैँ टोली खटाएर बन्द गराएको हो ।

यसअघि पनि महानगरले बोर्ड हटाउन निर्देशन दिएको थियो तर सञ्चालकले अटेरी गर्दै आएका थिए । स्वीकृत मापदण्डमा आठ सय स्क्वायर फिटमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न पाइने भए पनि त्रिपुरेश्वरको बोर्ड १६ सय स्क्वायर फिटको रहेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया