पल शाहविरुद्ध मुद्दाको पेसी स्थगित
नाबालिगलाई जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका पल (पूर्णविक्रम) शाहको पेसी स्थगित भएको छ । तनहुँ अदालतमा बुधबारका लागि पेसी तोकिएकामा न्यायाधीश अनुपस्थित भएकाले पेसी स्थागित भएको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले बताए ।
उनले भने, ‘गोलाप्रथाबाट जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासमा पेसी परेकामा न्यायाधीश केसी विदामा रहेकाले पेसी स्थगित भएको हो ।’
यसअघि भदौ ८ गते नवलपुरमा पनि पेसी स्थगित भएको थियो । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा शाहलाई गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरिएको हो । अभियुक्त शाह अहिले जिल्ला कारागार तनहुँमा छन् ।
प्रतिक्रिया