‘काठमाडौं मल’ नै अवैध रुपमा निर्माण, छैन नक्सा पास

पालिका डायरी
१२ भाद्र २०७९, ०७:१२

काठमाडौं / सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ ।

महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ ।

भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो ।

महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको छ ।

गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो ।

यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया