निहारिकालाई मधेश प्रदेशले ५ लाख सहयाेग गर्ने
‘कुमारी आमा’ निहारिका राजपुतलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आरोपी शिवराज श्रेष्ठ र आफ्ना छोराको डिएनए परीक्षण हुनुपर्ने मागसहित कानूनी लडाइ लडिरहेकी उनलाई मधेश सरकारले सहयाेग गर्ने भएकाे हाे ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार न्यायका लागि संघर्ष गरिरहेकी निहारिकालाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
मधेश प्रदेशको अर्थमन्त्री शैलेन्द्र साहले निहारिकालाई पाँच लाख दिने निर्णय भएको जानकारी गराएका हुन् ।
प्रतिक्रिया